तपाईँ सुन्दै हुनुहुन्छः

नवौं खेलकुदको ट्रफि जनकपुरधाममा अनावरण

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नवौँ राष्ट्रिय खेलकुद २०७९ को ट्रफी जनकपुरधामको जानकी मन्दिरमा अनावरण गर्नुभएको छ ।

त्यस अवसरमा मुख्यमन्त्री राउतले राष्ट्रको गहनाको रुपमा रहेका खेलाडीहरूको जीवनयापनको व्यवस्था राज्यको दायित्व रहेको बताउनुभयो । उहाँले मधेश सरकारले स्थापना कालदेखि खेलाडीहरूका लागि जीवनयापनको ठोस व्यवस्थापन गर्ने लक्ष्य राखे पनि विविध कारणले गर्न नसकेकोमा दुःख व्यक्त गर्दै अगामी दिनमा खेल र खेलाडीको हितमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री राउतले दुर्व्यसनलाई नियन्त्रण गर्न खेलकुदको विकास आवश्यक रहेको उल्लेख गर्दै पूर्वाधार विकास र खेलाडीहरूको व्यवस्थापनमा प्रदेश सरकार अग्रसर रहने बताउनुभयो ।

मधेश प्रदेशका महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र सिंहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राष्ट्रिय खेलाडी दिपक विष्ट, क्रिकेट संघ धनुषाका अध्यक्ष गुड्ड पाण्डे, सचिव सरोज मिश्र लगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button