तपाईँ सुन्दै हुनुहुन्छः

मेडिकल कलेजको लापरबाही,सघन उपचार कक्षबाट मध्य रातमा बिरामी फरार

पाल्पा I लुम्बिनी मेडिकल कलेज तानसेन ७ प्रभासको सघन उपचार कक्षमा उपचार भई रहेका तानसेन ६ कुन्सरेका ५५ बर्षिय सुर्यबहादुर सारु गएराती करिब २ बजे घर पुगे । 

मानसिक समस्याको कारण सघन उपचार कक्षमा मङ्गलवार बेलुकाबाट उपचार गराई रहेका सारु अस्पतालको सुरक्षा स्थिति कमजोर भएका कारण उनी मध्यरातमा भागेर घर पुगेका हुन् ।

सामान्य अवस्थामा बेहोस भएपछि उपचारका लागी भर्ना भएका आफ्ना बुबा एकाएक रातको समयमा खालि खुट्टा, पिसाबको पाइप,डाइपर सहित राती २ बजे घरमा आउँदा आफूलाई छक्क परेको छोरी सरिता सारुले बताउनुभयो ।

अस्पतालमा बिरामी सारूलाई हेरचाहका लागी बसेका ज्वाइँ दल बहादुर पुन र छिमेकी वीर बहादुर घर्तीले अस्पतालबाट बिरामी भागेर घर पुगिसकेपछि मात्र आफूहरूलाई जानकारी भएको बताउनुभयो । 

अस्पतालबाट बिरामी पैदल घर पुग्दा सम्म अस्पताल प्रशासन तथा अस्पतालको सुरक्षार्थ खटिएका सुरक्षा गार्ड बेखवर बन्नु नै अस्पतालको सुरक्षा माथि नै प्रश्न चिन्ह खडा भएको छ । सघन उपचार कक्षमा उपचाररत बिरामी एकाएक मध्य रातमा बाहिरिँदा सम्म अस्पताल प्रशासनलाई जानकारी नहुनु नै अत्यन्त लज्जास्पद भएको स्थानीय टेक बहादुर घर्ती बताउनुहुन्छ । मेडिकल कलेजको यस्ता गल्ती बारम्बार हुने गरेको सुरक्षाको कारण पटक पटक बिभिन्न प्रकृतिका घटनाहरू घटेकाले अस्पताल जस्तो संवेदनशील संस्था आन्तरिक सुरक्षाका लागी थप जिम्मेवार बन्नुपर्ने उहाँले बताउनुभयो । सुरक्षाप्रति अस्पताल संवेदनशील नहुँदा एकाएक सघन उपचार कक्षबाट बिरामी घर पुगेको घर्तीको भनाई छ । 

बिरामी घर पुगेर आराम गरिरहेको अवस्थामा अस्पतालको शल्यक्रिया विभागका प्रमुख रोमाकर घिमिरेले स्टाफ नर्सको साथमा बिरामीलाई फिर्ता ल्याउन एम्बुलेन्स सहित बिरामीको घर पुगेका थिए । 

बिरामीका आफन्तले अस्पतालको सुरक्षा संवेदनशीलता माथि प्रश्न उठाएपछि आफन्त र अस्पताल प्रशासनबिच छलफल गर्ने सहमतिमा बिरामीका आफन्तले बिरामीलाई उपचारका लागी पुनः अस्पताल पठाएका छन् । 

उपचारमा संलग्न चिकित्सक भास्कर शर्माका अनुसार बिरामी सारूको अवस्था अति संवेदनशील भएको,उपचारको क्रममा एकाएक रातीको समयमा घर जानु आश्चर्यको कुरा हो । 

लुम्बिनी मेडिकल कलेजका निर्देशक निर्दोष खनालले भने आकस्मिक उपचार कक्ष अत्यन्त संवेदनशील ठाउँ हो । यस्तो ठाउँबाट बिरामी भाग्नु सुरक्षा कमजोरी भएको उहाँले स्वीकार गर्नुभयो । अबका दिनमा यस्ता कमजोरी नहुने प्रतिबद्धता समेत उहाँले ब्यक्त गर्नुभयो । निर्देशक खनालले मानसिक रोगी तथा बिरामी राख्ने वाड हाल दोस्रो तलामा भएपनि अब तत्कालै पहिलो तलामा स्थानान्तरण गरिने हुँदा त्यस्ता समस्या नहुने बताउनुभयो ।

छलफलमा सहभागी तानसेन ६ का वार्ड अध्यक्ष सागरमान महर्जनले अस्पतालको सुरक्षा कमजोरी नहुने भनेर आम नागरिकलाई कसरी विश्वास दिलाउने ? भन्ने विषयमा अस्पताल प्रशासन माथि नैतिक प्रश्न उब्जिएको बताउँदै यस्ता समस्याको निराकरणको उपाय खोज्न आग्रह गर्नुभयो । 

तस्बिरहरू 

भागेर घर पुगेर खाना खाएपछि आराम गर्दै
शल्यक्रिया विभाग प्रमुख स्थानीयसँग छलफल गर्दै 
बिरामी समातेर एम्बुलेन्समा राख्दै 
छलफलमा सहभागीहरू 

प्रतिक्रिया राख्नुहोस्

Back to top button