तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनीमा थन्किएका वैद्युतीय बस आज देखि चल्न थाले

शशि पन्थी, भैरहवा I लुम्बिनीमा पार्किङमा थन्किएका वैद्युतीय बस बिहिवार बिहान देखि संचालनमा आएका छन् ।

वैद्युतीय बसहरु औपचारिकरुपमा शुभारम्भ गर्दै लुम्बिनी बिकास कोशका उपाध्यक्ष अबधेश कुमार त्रिपाठिले ५ वटा बसहरु लुम्बिनीबाट संचालन भएको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पान्डेले परिक्षणका लागी यात्रुहरुलाई निशुल्क सेवा दिइएको बताउनु भयो । स्थानीय प्रशासन, सुरक्षा निकायको पुर्ण सहयोग हुने बताउनुभयो ।

लुम्बिनी बिकास कोसका सदस्य सचिब सानुराज शाक्यले अब नरोकिने गरि निरन्तर बस सन्चालन हुने बताउनुभयो ।

लुम्बिनी बिकास कोषका कोषाध्यक्ष सिद्दिचरण भट्टराईको अध्यक्षता भएको कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुंदै भट्टराईले सरकारी कार्यालय धेरै प्रक्रियाका कारण ढिलाइ भएपनि अब बसमा सबै ब्यबस्थापन हुंदै जाने बताउनुभयो ।

जिल्ला ट्राफिक कार्यालय रुपन्देहीका प्रमुख केशब केसीले ५ वटा बसले ६ रुट पुरा गर्ने बताउनुभयो । केसीका अनुसार रुट नं १ लुम्बिनीबाट एयर पोट, बेलहिया हुंदै रामग्राम सम्म, रुट नं २ लुम्बिनीबाट भैरहवा बुद्ध चोक हुंदै बुटवल एभिन्यु होटेल सम्म । रुट नं ३ लुम्बिनी तिलौराकोट हुंदै लुम्बिनी फर्कने । रुट नं ४ लुम्बिनी सटल बस, रुट नं ५ लुम्बिनी एयर पोर्त हुंदै बेलहिया पर्यटक प्रहरी सम्म । रुट नं ६ लुम्बिनीबाट एयरपोट बेलहिया हुंदै देबदह सम्म रहेको छ ।

बिगत ३ बर्ष देखि थन्किएका बसहरु गृहमन्त्री बालकृष्ण खांडले पर्यटन दिवसका अबसरमा मंगलबार औपचारिक कार्यक्रममा लुम्बिनी बिकास कोशलाई बस सन्चालन गर्न वा नगर्न ठाडो निर्देशन दिए पछी बस संचालनमा आएका हुन् ।

आगामी दिनमा बिभिन्न मोडालिटि बनाउंदै हरियो प्लेटमा रुपान्तरण गरी लुम्बिनी बिकास कोसले कार्यबिधी बनाएर पर्यटक बस चलाउने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button