तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशमा भागी विवाह गर्नेको सङ्ख्या बढ्दै

जनकपुरधाम । कानूनी विवाहको उमेर सरकारले २० वर्ष गरेपछि अहिले भागी विवाह गर्ने क्रम मधेशका जिल्लाहरूमा बढ्न थालेको जनकपुरधाममा आयोजित कार्यक्रममा सहभागीहरूले बताउनुभएको छ ।

file photo

जानकी महिला सञ्जालले आयोजना गरेको नव निर्वाचित जनप्रतिनिधिसँग परियोजना परिचयात्मक कार्यक्रममा २० वर्ष कानूनले विवाहका लागि उमेर हद तोके पनि भागी विवाहको क्रम बढेको सहभागीहरूले बताउनुभयो ।

खानपानका कारणले किशोरीहरूको शारीरिक तथा मानसिक विकास चाँडो हुने भएका कारणले महिलाको विवाहको उमेर हद १८ कायम हुनुपर्ने सुझाव पनि विभिन्न ठाउँबाट आउन थालेको वडा नंं १४ का अध्यक्ष पुण्य प्रसाद यादवले जानकारी दिनुभयो । भागी विवाह नियन्त्रण नभएको खण्डमा समाजमा नकारात्मक असर पर्ने उहाँको भनाइ छ ।

किशोरी शिक्षा तथा बालविवाह रोक्नका लागि संस्थाले कामकाज गर्दै आएको छ । यसका साथै बालविवाह रोक्नका लागि जनकपुरधामको वडा नंं १८, नगराइन वडा नंं २ र लक्ष्मीनिया वडा नंं २ मा कामकाज गरिरहेको छ ।

बालविवाहका विषयमा समाजमा सम्झाउन जाँदा आफूहरूमाथि अभिभावकले आक्रोशित हुँदै आफ्ना छोरी भागे त्यसको जिम्मा लिनका लागि संस्थाका सहजकर्तालाई भन्ने गरेको परियोजनाका संयोजक देव कुमार महतोले जानकारी बताउनुभयो ।

कार्यक्रम सञ्चालन भएको तीन वटा पालिकाको विभिन्न गाउँमा ६ वटा किशोरी क्लबमार्फत बालविवाहको विषयमा जनचेतनामूलक कार्यक्रम हुँदै आएको छ ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले संस्थाले समाजमा गरेको कामको सराहना गर्दै सबै वडामा यस्ता कार्यक्रम गर्न सुझाव दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button