तपाईँ सुन्दै हुनुहुन्छः

सूचनाको हकसम्बन्धी छलफल कार्यक्रमको आयोजना

विराटनगर । अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँच दिवसको अवसरमा विराटनगरमा आज सूचनाको हकसम्बन्धी छलफल कार्यक्रमको आयोजना गरियो ।

जिल्ला प्रशासन कार्यालय मोरङको आयोजनामा भएको कार्यक्रममा सूचनाको हकसम्बन्धी ऐनको व्यवस्था त्यसको कार्यान्वयन र प्रभावकारिताका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सार्वजनिक निकायहरूले गरेको सेवा प्रवाहको बारेमा नागरिकलाई जानकारी गराउन पनि सूचनाको हक आवश्यक रहेको बताउनुभयो ।

सूचनाको हक प्रयोग गर्दा कार्यालयले गरेको गतिविधिको बारेमा आम नागरिकलाई जानकारी हुने र कार्यालयको काम समेत पारदर्शी हुने उहाँको भनाई थियो । सूचना माग्दा वा सूचनाको हक प्रयोग गर्दा त्यसको उद्देश्य भने प्रष्ट पार्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले सूचनाको हकको व्यवस्था र ऐनका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सूचनाको हकका विषयमा संविधानमै उल्लेख गरेकाले सरल र सहज रूपले जनताले बुझ्ने गरी कार्यालयहरूले सूचना दिनुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button