तपाईँ सुन्दै हुनुहुन्छः

झापामा ब्राउन सुगरसहित चार जना पक्राउ

झापा । झापामा लागुऔषध ब्राउनसुगरसहित चार जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाले तीन जनालाई बिर्तामोडबाट र एक जनालाई मेचीनगरबाट पक्राउ गरिएको जनाएको छ ।

लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले १३ ग्राम ब्राउन सुगरसहित इलाम माई नगरपालिका २ बस्ने २२ वर्षीय केबिन्द्र गोले, सोही स्थानका २७ वर्षीय गोम्बु दोर्जे गोले र पाँचथर फाल्गुनन्द गाउँपालिका–५ बस्ने ३२ वर्षीय सन्त लिम्बूलाई बिर्तामोडको पाथीभरा टोलबाट पक्राउ गरेको थियो भने इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ मेची पुलछेउमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका रामेछाप नगरपालिका–८ बस्ने ३० वर्षीय विजय लामालाई हिजो साँझ ७५ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी वसन्त पाठकले जानकारी दिनुभयो ।

उनीहरूमाथि अनुसन्धान अघि बढाइएको पनि पाठकले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button