तपाईँ सुन्दै हुनुहुन्छः

माथागढीको सराईमा बजार अनुगमन

पाल्पा । माथागढी गाउँपालिकाले आज माथागढी ३ कसेनीको सराई बजारका पसलहरूमा अनुगमन गरेको छ । दशैं तिहार जस्ता नेपालीहरूका महान् चाडको बेला बजारमा अखाद्य बस्तु बिक्री वितरण हुने गरेको गुनासो बढेपछि बजार अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ । 

अनुगमनका क्रममा बेकरी, मसला, हलुका पेय पदार्थ, चाउचाउ लगायतका म्याद नाघेका खाद्यवस्तु भेटिएका थिए । 

भेटिएका बस्तु वार्ड कार्यालय परिसरमा नष्ट गरिएको थियो । अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत, पालिका उपाध्यक्ष, प्रहरी, पत्रकार लगायतको सहभागिता  रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button