तपाईँ सुन्दै हुनुहुन्छः

२२ दिनमा ११ सय किलो मिटर पैदल दुरी पार गर्ने मुन्नालाई सम्मान  

बारा । पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नम्बर २ छपकहिया निवासी ३२ वर्षीय शेस मुन्नालाई बाराका प्रहरी उपरिक्षक होमिन्द्र बोगटीले दोसल्ला ओढाई सम्मान गर्नुभएको छ । उहाँले बुधवार आफ्नो कार्यकक्षमा नै मुनालाई सम्मान गर्नुभएको थियो ।

सम्मान पछि प्रहरी उपरिक्षक बोगटीले मुन्नाको साहसी कदमको प्रशंसा गर्दै उहाँको कार्यले नेपालको स्वाभिमान अझै बढेर गएको बताउनुभयो ।  वीरगंजबाट २२ दिनमा ११ सय किलो मिटर पैदल यात्रा गरि भारतको राजधानी दिल्ली पुगी कृतिमान कायम गरि नेपाल र नेपालीको मान सम्मान विश्वमा चिनाउने गरेको आदम्य साहसलाई कदर गर्दै प्रहरी उपरिक्षक बोगटीले मुन्नालाई सम्मान गर्नुभएको हो । 

सम्भवतः त विश्व मा नै पहिलो रेकर्ड मुन्नाको हुने आकलन पनि गरिएको छ । अमेरिका एक नागरिकले ३७ दिनमा ११ सय किलोमिटर, अष्ट्रेलियाका नागरिकले ३३ दिनमा ११ सय किलो मिटर र भारतका नागरिकले २७ दिनमा ७ सय ८० किलो मिटर यात्रा तय गरेको रेकर्ड अहिले सम्मको रहेको हुँदा आफु कम समयमा नै संसारको सबै भन्दा बढी पैदल यात्रा तय गरेको व्यक्ति हुन सक्ने हाम्रो अनुमान रहेको छ । तीन महिना पछि विश्व गिनिजबुकमा नाम लेखाउन सफल हुनेमा आफु पूर्ण विश्वस्त रहेको छु मुनाले भन्नुभयो । 

श्रावण महिनाको २१ गते वीरगंजबाट बिहान ७ बजेर ३० मिनेटमा दिल्लीका लागि यात्रा शुरुवात गर्नुभएको थियो । मुन्नालाई पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी, वीरगंज महानगरपालिकाका उपप्रमुख र समाजसेवी प्रकाश थारुले नेपाली झन्डा दिई बिदाइ गर्नुभएको थियो । मुन्नालाई दिल्लीमा नेपालका लागि राजदूतले स्वागत तथा सम्मान गर्नुभएको थियो भने दिल्लीका राज्यपाल, भारतीय सैनिक प्रमुखले समेत मुन्नालाई दिल्लीमा भव्य स्वागत गरेका थिए । १३ दिनको दिल्ली बसाइमा मुन्नालाई दिल्लीमा रहेको विभिन्न सङ्घसंस्थाहरू समेतले सम्मान गरेका थिए । 

भारतमा बस्दा आफूलाई पाएको सम्मानले आफु निकै उत्साही भएपनि भारतबाट नेपाल फर्केपछि हाम्रै निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएको सङ्घीय सांसद जो अहिले बन मन्त्री रहनु भएको छ भने प्रदेश सभा ख बाट निर्वाचित लालबाबु राउत जो मधेस प्रदेशको मुख्यमन्त्री हुनुहुन्छ, मेयर विजय सराबगी समेतले कुनै पनि चासो लिनुभएको छैन । यहाँ सम्म कि के छ अवस्था भनेर सोध्न पनि आउनु भएन । त्यस कारणले म अत्यन्तै दुखी छु मुन्नाले भन्नुभयो । त्यति मात्र होइन कुनै पनि राजनीतिक दलका नेताहरू वा सङ्घसंस्थाका प्रतिनिधि समेतले पनि कुनै वास्ता गरेका छैन मुन्नाको भनाई रहेको छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button