तपाईँ सुन्दै हुनुहुन्छः

डेंगू सङ्क्रमणबाट आज ३ जनाको मृत्यु

काठमाडौँ । डेंगू सङ्क्रमणबाट आज ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

देशको ७६ जिल्लामा फैलिइसकेको डेंगू संक्रमण कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

file photo

श्रावणदेखि हालसम्म मात्रै देशभर २५ हजार ५ सय ४३ जनामा डेगूं संक्रमण भएको र बाग्मती प्रदेशमा सबैभन्दा बढी १९ हजार ९ सय १० जनामा संक्रमण भएको डा. अधिकारीले बतउनुभयो ।

संक्रमण नियन्त्रण तथा रोकथामका लागि इपिडिमियोलिजी तथा रोग नियन्त्रण महाशाखाले १ सय ३९ स्थानीय तह र ६० जिल्ला तथा ७ वटै प्रदेशमा खोज र नष्ट अभियान सञ्चालनका लागि कार्य अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button