तपाईँ सुन्दै हुनुहुन्छः

एनसीसी र कुमारी बैङ्क मर्ज हुने

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) र कुमारी बैङ्क मर्ज हुने भएका छन् । सोमबार मेरियट होटलमा मर्जरका लागि हस्ताक्षर समेत भइसकेको छ ।

एनसीसीका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैङ्कका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन् । सेयर स्वाप रेसियो एक बराबर एकमा गाभिने सहमति भएको हो ।

दुई बैङ्क गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ । बैकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड हुनेछ भने कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड हुनेछ ।

मर्जरपछि बैङ्कको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल रहनुहुनेछ । कुमारीका रामचन्द्र खनाल वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत रहनुहुनेछ । मर्जरपछि बैङ्कको नाम कुमारी बैङ्क हुनेछ ।

एनसीसी बैङ्कका कर्मचारीका लागि स्वैच्छिक अवकाश योजना ल्याइने छ । कुमारीले भने यो योजना ल्याउने छैन । अहिले एनसीसीमा १६०० कर्मचारी छन् भने कुमारीमा १९०० । नयाँ बन्ने बैकको शाखा सङ्ख्या ३५५ हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button