तपाईँ सुन्दै हुनुहुन्छः

मनास्लु हिम पहिरोमा एक जनाको मृत्यु, विदेशी नागरिक बेपत्ता

गोरखा । मनास्लु हिमालको समिटमा पुगेका एक जना विदेशी नागरिक चिप्लिएर बेपत्ता भएका छन् । अमेरिकी स्की आरोही हिलारी नेल्सन मनास्लुमा बेपत्ता भएका हुन् ।

हिउँ पहिरोमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुने सङ्खुवासभा जिल्ला मकालु गाउँपालिकाका अनुप राई हुन् । उनी सतोरी एडभेन्चरबाट आएका थिए ।

मनास्लुकाे बेसक्याम्पमा राती देखिएकाे दृश्य

सख्त घाइते दुई जनालाई उद्धार गरी काठमाडौँ लगिएको छ । उनीहरू एक जना पाकिस्तानी नागरिक र एक जना शेर्पा रहेका पर्यटन विभाग आरोहण दलकी अधिकृत यशोदा अर्यालले जानकारी दिनुभयो ।

घाइतेहरू १२ जनाको अवस्था खतरामुक्त रहेको र उनीहरू तेस्रो बेसक्याम्प रहेका छन् । ८ हजार १ सय ६३ मिटर उचाइको उक्त हिमालको ४८ सय मिटर उचाइमा रहेको आधार शिविरमा रहेका सबै सकुशल रहेको र उहाँहरू समिटतर्फ अघि बढेको उहाँले बताउनुभयो ।

मनास्लु आरोहणका लागि ९७ जना महिलासहित ४०४ जनाले अनुमति लिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button