तपाईँ सुन्दै हुनुहुन्छः

बडादशैं नजिकिएसँगै खसी बोका किनबेच गर्नेको भीड

सुनसरी । नेपालीहरूको महान् चाड बडादशैं नजिकिएसँगै सुनसरीमा खसी बोका किनबेच गर्नेको भीड बढेको छ ।

पहाडी जिल्लाहरू सङ्खुवासभा, खोटाङ, तेह्रथुम, धनकुटा, उदयपुर लगायत ग्रामीण क्षेत्रका पशुपालक कृषकहरूले बिक्रीका लागि सुनसरीको धरान, बाँगेंबजार, इनरुवा, दुहबीको मालहट्टी लगायतमा रहेको कृषि बजार स्थलमा खसी–बोका ल्याउने गरेका छन् ।

स्थानीयका अनुसार विगत केही वर्ष अघि कोरोना महामारीको कारण खासै खरिद विक्री नभएको बजारमा अघिल्लो वर्षको तुलनामा यस वर्ष खसी, बोका ५० प्रतिशत भन्दा बढी बजारमा विक्रीका लागि ल्याइएका छन् ।

बिचौलियाका कारण वास्तविक मूल्य भन्दा दोब्बर मूल्य बढेको गुनासो उपभोक्ताले गरेका छन् । चाड थालनीसँगै बजारमा खसी बोका खरिद गर्नेको भिड लागेको छ ।

प्रति गोटा ५ हजारदेखि ४० हजार रुपैयाँ सम्मका खसी बोका खरिद बिक्री भइरहेको दुहबी मालहट्टीका एक स्थानीय जहरु मियाले बताए ।

विगतमा ६ सयसम्म खरिद विक्री हुने खसी बोका प्रतिकिलो हाल ८ सयसम्म लिने गरेको व्यापारीहरू बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button