तपाईँ सुन्दै हुनुहुन्छः

सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे छलफल जारी

File Photo

काठमाडौँ । सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे टुङ्गो लगाउन गठित कार्यदलको बैठकमा छलफल जारी छ ।

प्रतिनिधिसभातर्फ सिट बाँडफाँटको विषय शीर्ष नेताहरू समेतको छलफलपछि लगभग सहमतिको नजिक पुगिसेको छ भने गठबन्धन कार्यदलको आजको बैठकमा पनि प्रदेशसभा सदस्यको सिट बाँडफाँटमा सहमति जुटाउने प्रयास भइरहेको छ । यसअघि हिजो दिउसो बसेको बैठकमा पनि प्रदेशसभा सदस्यको सिट बाँडफाँटमा सहमति जुटाउने प्रयास भएपनि सहमति बन्न नसक्दा कार्यदलको बैठक आज पनि बसेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा कार्यदलले प्रदेशसभाको बाँडफाँटमा खाका तयार गर्ने र चुनावी तालमेललाई अन्तिम रूप दिने गरी काम भइरहेको कार्यदलको कार्यालय सचिव केशवराज जोशीले रेडियो नेपाललाई जानकारी दिनुभयो ।

कार्यदलले प्रदेशसभाका बारेमा खाका बनाएपछि प्रतिनिधिसभा र प्रदेशसभा दुवै तर्फको सिट बाँडफाँट र निर्वाचन क्षेत्रबारे अन्तिम रूप दिइने पनि सचिव जोशीले बताउनुभयो ।

सत्ता गठबन्धन दलले गत साउन २० गते  चुनावी तालमेल गर्ने सहमति गरेपछि सिट बाँडफाँट र निर्वाचन क्षेत्रका बारेमा निरन्तर रुपमा छलफल गर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button