तपाईँ सुन्दै हुनुहुन्छः

समानुपातिक सूचीमा आफ्ना पक्षका नेताहरूलाई नसमेटेको भन्दै कोइराला पक्ष असन्तुष्ट

काठमाडौँ । नेपाली काँग्रेस संस्थापन इतर पक्षका केही नेताहरूले समानुपातिक सूचीमा आफ्नो पक्षका नेताहरूलाई नसमेटेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्  ।

नेपाली काँग्रेसका नेता शेखर कोइराला निकट नेताहरूको आज काठमाडौँमा बसेको भेलाले पार्टी निर्णयप्रति असन्तुष्टि जनाउँदै  काँग्रेस पार्टी कार्यालय सानेपामा पर्सी एक घण्टा धर्ना दिने निष्कर्ष निकालेको नेता जगदीश्वरनरसिंह केसी बताउनुभयो । 

उहाँले समानुपातिक सूची सच्चाएर आफ्नो पक्षका नेताहरूको उचित प्रतिनिधित्व सुनिश्चित गर्न नेतृत्वसँग माग गर्नुहुँदै माग पुरा नभए विरोधका कार्यक्रम जारी राख्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button