तपाईँ सुन्दै हुनुहुन्छः

युक्रेन माथि आणविक हतियार प्रयोग गरे रुसले त्यसको गम्भीर परिणामकाे सामना गर्नु पर्ने अमेरिकाको चेतावनी

काठमाडौं । अमेरिकाले रुसले युक्रेन माथि आणविक हतियार प्रयोग गरे रुसले त्यसको गम्भीर परिणामकाे सामना गर्नु पर्ने चेतावनी दिएको छ । 

रुसी विदेश मन्त्रीले जनमत सङ्ग्रह भइरहेको युक्रेनी क्षेत्रहरु रुसी भूभागमा जोडिन आएमा पूर्ण रूपमा सुरक्षा पाउने बताए पछि अमेरिकाले चेतावनी दिएको हो । 

युक्रेनको चार पूर्वी क्षेत्रहरूमा रुसमा गाभिने प्रश्नमा जनमत सङ्ग्रह भइरहेको छ । 

अमेरिका लगायतका पश्चिमा राष्ट्रहरूले यो जनमत सङ्ग्रहलाई किर्तेको संज्ञा दिएका छन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button