तपाईँ सुन्दै हुनुहुन्छः

मधेस प्रदेश स्तरीय छनौट प्रतियोगिताको उपाधि बारालाई

बारा । मधेस प्रदेश स्तरीय छनौट प्रतियोगिताको उपाधि बाराले जितेको छ ।

नवौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन फुटबलतर्फ लालबन्दीमा सम्पन्न फाइनल खेलमा महोत्तरीलाई पराजित गर्दै बारा प्रदेश च्याम्पियन भएको हो ।

बाराले महोत्तरीलाई ३–२ ले पराजित गरेको हो । प्रतियोगिताको पहिलो खेलमा पर्सामाथि २–१ को जित निकालेको बाराले सेमिफाइनलमा धनुषालाई ३–१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

बाराको जितमा उदित नारायण चौधरी, नीरज थापा मगर र विवेक चौधरीले एक/एक गोल गरेका थिए । महोत्तरीका लागि सञ्जीव चौधरी र कृष्ण रानाले गोल गरे । छनौट प्रतियोगितामा प्रदेशका आठ जिल्लाको सहभागिता रहेको थियो ।

विजेता र उपविजेता टिमलाई युवा खेलकुद तथा सामाजिक विकास मन्त्रालयका उपसचिव ठुलोबाबु दाहाल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button