तपाईँ सुन्दै हुनुहुन्छः

जनताले अनुभूत गर्ने गरी सरकारले काम गर्नुपर्छ : नेता सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जनताले अनुभूत गर्ने गरी सरकारले काम गर्नुपर्ने बताउनुभएको छ । 

काठमाडौँस्थित रत्नराज्य माविमा आयोजित कार्यक्रममा काँग्रेस नेता सिंहले अहिले डेङ्गु महामारीको रूपमा देखिन थालेकाले यसप्रति सबै सचेत रहनुपर्ने र सरकारले यसको प्रभावकारी नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

नेता सिंहले मुलुकमा आएका हरेक विषम परिस्थितिमा त्यसबाट निकास दिन नेपाली काँग्रेसले अग्रणी भूमिका खेल्दै आएको उल्लेख गर्नुहुँदै संविधानको रक्षा र लोकतन्त्रको रक्षाका लागि नेपाली काँग्रेस बलियो हुनु जरुरी रहेको पनि बताउनुभयो । 

बागमती प्रदेशका पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठले विद्यालयको क्षमता विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा रत्नराज्य माविमा निर्मित विज्ञान प्रयोगशाला विद्यालयलाई हस्तान्तरण गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button