तपाईँ सुन्दै हुनुहुन्छः

अशक्त व्यक्तिलाई घरमै पुगेर अपाङ्गता परिचय पत्र वितरण

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकाले अशक्त व्यक्तिहरूको घर घरमै पुगेर अपाङ्गता परिचय पत्र वितरण गरेको छ । 

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहितको टोलीले घरदैलोमा स्थानीय सरकार रहेको आभास गराउन घरमै पुगेर परिचय पत्र वितरण गरेको हो ।

पालिका स्तरीय अपाङ्ग समितिले पूर्णता पाएसँगै जनताप्रति संवेदनशील भई फरक क्षमता भएका र अति अशक्त व्यक्तिहरूलाई घरदैलोमा पुगेर परिचयपत्र वितरण गरिएको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो । 

पहिलो चरणको दुई दिने परिचय पत्र वितरण कार्यक्रममा १४ जना फरक क्षमता भएका नागरिकहरूलाई कार्ड वितरण गरिएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने पालिका अध्यक्ष कार्कीले बताउनुभयो ।

घरदैलो अभियानमार्फत नागरिकलाई सहजताका लागि हरेक महिनाको १५ गतेभित्र वडा कार्यालयमा अपाङ्गता कार्ड वितरण सङ्कलन गरी अन्तिम सोमबार वितरण गर्ने तयारी भएको पालिका उपाध्यक्ष कान्ता अधिकारीले बताउनुभयो ।

जनताबाट प्रतिनिधि चुनिएपछि जनतासँगको बाचा पूरा गर्दै जनतालाई घरदैलोमै सेवा दिन सके स्थानीय सरकारको उद्देश्य पुरा हुने लक्ष्य गाउँपालिकाले लिएको छ ।

घरदैलो अभियान सुरु भए पनि आफूहरूलाई पालिकासम्म जान नपरेको सेवाग्राहीको बताएका छन् । विभिन्न रूपले अशक्त भएकालाई घरमै सेवा उपलब्ध हुँदा निकै राहत महसुस भएको उनीहरूको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button