तपाईँ सुन्दै हुनुहुन्छः

दसैँ तिहार नजिकिएसँगै रोजगारीका लागि भारत गएका नेपालीहरू घर फर्किन थाले

नेपालगञ्ज । दसैँ तिहार नजिकिएसँगै रोजगारीका लागि भारत गएका नेपालीहरू घर फर्किने क्रम तीव्र बनेको छ । 

नेपालगञ्ज नाका भएर दैनिक पाँच हजार नेपाली स्वदेश फर्किरहेका छन् । भारतबाट अहिले दैनिक झण्डै ५ हजार नेपाली घर फर्किरहेको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । 

इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी नायब निरीक्षक माधव रिजालले हरेक दिन घर फर्किने नेपालीको सीमामा भीड लाग्ने गरेको बताउनुभयो । भारतबाट फर्किने नेपालीहरूको स्वास्थ्य परीक्षणका लागि जमुनाहा सीमा नाकामा हेल्थ डेस्क राखिएको छ ।

लुम्बिनी र कर्णाली प्रदेशका  दाङ, रोल्पा, पूर्वी रुकुम, सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट, जुम्ला, हुम्ला, सल्यान, जाजरकोट लगायतका जिल्लाबाट हजारौँ युवाहरू काम खोज्न भारत पस्ने र चाडपर्वका समयमा घर फर्किने गरेका छन् । 

घर फर्किएका अधिकांश युवाहरू चाडपर्व मनाएर फेरि पनि भारतमै काम गर्न जाने गर्दछन्  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button