तपाईँ सुन्दै हुनुहुन्छः

साझा कर्मचारी सङ्गठन बनाउन आग्रह

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणमा कार्यरत कर्मचारीलाई साझा सङ्गठन बनाउन आग्रह गर्नुभएको छ ।

नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको ११ औँ एकता अधिवेशन कार्यक्रममा उहाँले फरक फरक सङ्गठनभन्दा एउटै सङ्गठन बनाएर कर्मचारीको हकहितमा लाग्न सुझाव दिनुभयो । “आधिकारिक ढङ्गले सबै मिलेर एउटा युनियन बनाउनुहोस्”, उहाँले भन्नुभयो ।

File Photo

आफू लामो समयदेखि राजनीतिमा संलग्न रहेको दृष्टान्त पेश गर्दै मन्त्री भुसालले कर्मचारीले कार्यालय समयमा राजनीति गर्न नहुने बताउनुभयो । “कार्यालय अवधिमा कसैले पनि राजनीति नगर्नुहोस्”, उहाँले भन्नुभयो, “प्राधिकरणको उन्नति र प्रगतिको मात्र कुरा गर्नुहोस् ।”

उहाँले प्राधिकरणको विकास तथा जनतालाई राहत र सुविधा दिने विषयमा ध्यान दिन कर्मचारीसँग आग्रह गर्नुभयो । “प्राधिकरणमा क्रियाशील पाँच वटा कर्मचारी युनियनलाई एक बनाउनुहोस्, सकेसम्म साझा हितमा लाग्नुहोस्”, उहाँले भन्नुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button