तपाईँ सुन्दै हुनुहुन्छः

थप ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ७६ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ ।

सो अवधिमा चार हजार ६९ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार आठ सय ३० जनाले पिसिआर र दुई हजार दुई सय ३९ जनाको एन्टिजीन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

file photo

आज ८७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ८६ हजार एक सय १९ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार तीन सय ७१ रहेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १६ पुगेको छ । होम आइसोलेशनमा एक हजार तीन सय २२, संस्थागत आइसोलेसन ४९ र आइसियुमा १० जना सङ्क्रमित रहेका छन् ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button