तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकार त्रिपाठीद्वारा लिखित ‘तुषानल’ सार्वजनिक

काठमाडौँ । पत्रकार देवप्रकाश त्रिपाठीद्वारा लिखित ‘तुषानल’ कृति सार्वजनिक भएको छ ।

पैरवी बुक्स प्रकाशन प्रालिद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका पूर्वगर्भनर डा तिलक रावल, संविधानविद् डा भीमार्जुन आचार्य र सामाजिक अभियन्ता एवं लेखिका सरु जोशीले संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नुभएको हो ।

तुषानल अर्थात् भुसको आगोको नाममा प्रकाशन भएको पुस्तकमा मुलुकमा बहुदलीय प्रजातन्त्र स्थापना भएपछिको सत्ता राजनीति, नेताको भूमिका, देशको अवस्था लगायत विषयवस्तु समेटिएको छ ।

कार्यक्रममा पूर्व गभर्नर डा रावल, संविधानविद् डा. आचार्य, लेखिका जोशी र राजनीतिक विश्लेषक प्रा पुरुषोत्तम दाहालले बहुदलीय प्रजातन्त्र स्थापनापछि देशमा भएका राजनीतिक घटनाक्रमलाई पुस्तकमा समेटिएको उल्लेख गर्दै लेख र बोलीमार्फत गरिने स्वस्थ आलोचनाले लोकतन्त्रलाई मजबुत तुल्याउने धारणा व्यक्त गर्नुभयो ।

कृतिकार त्रिपाठीले एक पत्रकारका हैसियतले आफूले देखेको, भोगेको र बुझेको विषयवस्तुलाई पुस्तकमार्फत पाठकसामु प्रस्तुत गरेको जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button