तपाईँ सुन्दै हुनुहुन्छः

सिट बाँडफाँटको टुङ्गो लगाउन सत्ता गठबन्धनका शीर्ष नेताहरूसहित कार्यदलको बैठक जारी 

फाइल तस्बिर

काठमाडौँ । सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटको टुङ्गो लगाउन शीर्ष नेताहरूसहित कार्यदलको बैठक अहिले जारी छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा गठबन्धनका दलहरुबीच आगामी चुनावका लागि सिट बाँडफाँटसँगै निर्वाचन क्षेत्रको टुङ्गो लगाउने गरी छलफल भइरहेको छ ।

बैठकमा सत्तारुढ गठबन्धन दलहरूले सिटको सङ्ख्याका बारेमा आ–आफ्ना  अडान कायम राखेपछि त्यसमा मिलेर कसरी जान सकिन्छ भन्नेबारे छलफल गरी टुङ्गो लगाउने प्रयास भइरहेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले रेडियो नेपाललाई जानकारी दिनुभयो ।

आज दिउँसोबाट सुरु भएको सत्तारुढ गठबन्धन दलको बैठक आज अझै केही अबेरसम्म जारी रहने र सहमतिको बिन्दु खोजिने नेताहरूले बताउनुभएको छ ।

संविधान र लोकतन्त्रको रक्षाका लागि सत्तारुढ गठबन्धन दलबीच आसन्न निर्वाचनमा गठबन्धन गरेर अगाडी बढ्ने गठबन्धन दलहरुबीच सहमति रहेकाले त्यसपछि लिनुपर्ने बाटो पनि दलहरूको आपसी समझदारीबाट निस्कने सत्तारुढ गठबन्धन दलका नेताहरूले बताउँदै आउनुभएको छ ।

सत्तारुढ गठबन्धन दलहरुबीच सिट बाँडफाँट र निर्वाचन क्षेत्रको टुङ्गो लगाउन कार्यदलको समेत सहभागितामा शीर्ष नेताहरूको बैठक निरन्तर रुपमा बस्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button