तपाईँ सुन्दै हुनुहुन्छः

बङ्गलादेश ए सँग सिरिज खेल्न नेपालको प्रस्ताव

काठमाडौँ । नेपालले बङ्गलादेश ए सँग घरेलु मैदान टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सिरिज खेल्न प्रस्ताव गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले दसैँ लगत्तै घरेलु मैदानमा बङ्गलादेश ए सँग सिरिज खेल्ने तयारी अघि बढाएको हो ।

file photo

नेपाल टि–२० लिग स्थगित भएसँगै केही समय नेपाली क्रिकेट टोलीको तालिका खाली हुने भएपछि नेपालले सिरिज गराउन प्रस्ताव गरेको हो ।

नेपालले तीन एक दिवसीय अभ्यास खेलको लागि प्रस्ताव गरेको छ । बङ्गलादेशको सिनियर टोली अर्को महिना अस्ट्रेलियामा हुने टि–२० विश्वकपको तयारीमा छ । बङ्गलादेशले युएईसँग २५ र २७ सेप्टेम्बरमा दुई टि–२० आई खेलको सिरिज खेल्दैछ । अक्टोबर पहिलो साता बङ्गलादेश, न्युजिल्यान्ड र पाकिस्तानबिच त्रिकोणात्मक टि–२० आई खेलको सिरिज हुँदैछ । त्यसपछि विश्वकप खेल्नेछ ।

नेपालले बङ्गलादेशसँग २०१४ को टि–२० विश्वकप खेलेको थियो । बङ्गलादेश यू–२३ सँग २०१९ को एसिसी इमर्जिङ टिम्स एसिया कप खेलेको थियो ।

नेपालले घरेलु मैदानमा बोलाएर टेस्ट टोलीको ए सँग दोस्रो सिरिज खेल्नेछ । गत वैशाखमा नेपालले जिम्बावे ए सँग तीन टि–२० र तीन एक दिवसीय सिरिज खेलेको थियो । तीन एक दिवसीय अभ्यास खेलको सिरिज नेपालले २–१ ले जितेको थियो । टि–२० सिरिज भने १–१ को बराबरीमा सकिएको थियो । दोस्रो खेल वर्षाको कारण रद्द भएको थियो ।

नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत अव नामिबियामा आगामी नोभेम्बरमा खेल्नेछ । उक्त सिरिज नोभेम्बर पहिलो साता गर्ने बताइएको छ । त्यो भ्रमणलाई यो तयारीको रूपमा हेरिएको छ । नेपाल टि–२० लिग असोज ८ देखि कार्तिक ५ सम्म गर्ने भने पनि सुरक्षा कारण देखाउँदै आगामी डिसेम्बर सम्मलाई स्थगित भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button