तपाईँ सुन्दै हुनुहुन्छः

नीजि क्षेत्र बजेटमैत्री नीति सरकारको प्राथमिकता : अर्थमन्त्री शर्मा

धनगढी  । अर्थमन्त्री जनार्दन शर्माले नीजि क्षेत्र बजेटमैत्री नीतिलाई सरकारले प्राथमिकता दिएको बताउनुभएको छ । 

आज धनगढीमा कैलाली उद्योग वाणिज्य सङ्घको ज्ञापनपत्र बुझ्दै मन्त्री शर्माले ब्याजदर, महँगी लगायतका विषयमा चाँडै निष्कर्षमा पुगिने बताउनुभयो । 

उहाँले ब्याजदर, हुन्डी कारोबार, महँगी नियन्त्रण लगायतका विषयमा बृहत् छलफल गर्न आइतबार सरोकारवाला सबैलाई बोलाइएको बताउनुभयो । बजेटमै दुई दर समेटिएको उल्लेख गर्दै मन्त्री शर्माले अर्थतन्त्रका सुचालक सुधारात्मक रहेको बताउनुभयो । 

उद्योग वाणिज्य सङ्घले उठाएको मागलाई आफूले सकारात्मक रुपमा लिएको बताउँदै उहाँले बजार अनुगमन स्वाभाविक भएपनि उद्योगी व्यवसायीलाई दुख दिने नियत राख्न हुँदैन भन्नुभयो ।  

त्यस क्रममा मन्त्री शर्मासमक्ष कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवरले चर्को ब्याजदर, महँगी, अनुगमनका नाममा व्यवसायीलाई अनावश्यक दुख दिने जस्ता कार्यले व्यापार व्यवसाय धरापमा पर्न सक्ने जोखिम रहेकाले छिट्टै समस्याको समाधान गरिदिन लगायतका माग समेटिएको ज्ञापनपत्र बुझाउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button