तपाईँ सुन्दै हुनुहुन्छः

कम्बोडियामा डुङ्गा पल्टिदाँ, २३ चिनियाँ नागरिक बेपत्ता

नोमपेन्ह। कम्बोडियाको तटीय क्षेत्रमा एउटा डुङ्गा पल्टिँदा २० भन्दा बढी चिनियाँ नागरिक बेपत्ता भएका एक अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।

४१ जना चिनियाँ नागरिक बोकेको डुङ्गा बिहीबार सिहानोकभिलमा समस्यामा परेको प्रान्तीय प्रवक्ता खेआङ फेरोमले एएफपी समाचार समितिलाई बताउनु भएको छ ।
त्यस डुङ्गामा सवार १८ जनालाई मात्रै उद्धार गरिएको जनाइएको छ ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button