तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसको घोषणापत्र तयारी समितिको प्रवक्तामा परियार

काठमाडौँ । नेपाली काँग्रेसको घोषणापत्र तयारी समितिको प्रवक्तामा पार्टीका सहमहामन्त्री जीवन परियार तोकिनुभएको छ ।

आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि काँग्रेसको घोषणापत्र तयारी समितिको प्रथम बैठकले मिडिया संयोजन गर्ने जिम्मेवारी निर्धारण गरेबमोजिम सहमहामन्त्री परियारलाई ‘घोषणापत्र तयारी समितिको प्रवक्ता’ को अभिभारा तोकेको हो ।

सञ्चारकर्मीले आवश्यक सूचना एवं विविध विषयमा क्रमशः तय हुने अवधारणाका लागि उहाँलाई सम्पर्क गर्नसक्ने पार्टी कार्यालयले जनाएको छ । समितिका तर्फबाट आवश्यकताअनुरूप प्रवक्ता परियारले सम्पर्क स्थापित गर्नुहुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button