तपाईँ सुन्दै हुनुहुन्छः

भुर्तेल र ऐरीको वरीयतामा सुधार

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरी आइसिसी ब्याटिङ वरीयतामा सुधार भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी० ले अपडेट गरेको टी–ट्वान्टीको नयाँ वरीयतामा दुवैको वरीयता एक स्थान सुधार भएको हो ।

नयाँ वरीयतामा कुशल ५१ औँ तथा दीपेन्द्र ५८ औँ स्थानमा रहेका हुन् । बलिङतर्फ सन्दीप लामिछाने १ स्थान तल झर्दै ६२ औँ स्थानमा झरेका छन् । दीपेन्द्र अलराउण्डर वरीयताको १० औँ स्थानमा कायमै रहेका छन् ।

ब्याटिङतर्फ पाकिस्तानका मोहमद रिजवान शीर्ष स्थानमा यथावत् रहेका छन् । बलिङमा जोस हाजलउड शीर्ष स्थानमा रहँदा अलराउण्डरमा शकिब अल हसन शीर्ष स्थानमा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button