तपाईँ सुन्दै हुनुहुन्छः

मुस्ताङबाट १२ हजार च्याङ्ग्रा पोखरा ल्याइने

पोखरा । यसपालिको दशैमा मुस्ताङबाट पोखराका लागि १२ हजार भेडा तथा च्याङ्ग्रा झिकाइने भएको छ । प्रत्येक वर्ष दशैँको समयमा मुस्ताङबाट ठुलो परिमाणमा भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइने गरिएको छ ।  

यस वर्षका लागि १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याउने तयारी भएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका सूचना अधिकारी ऋषिराम पोखरेलले जानकारी दिनुभयो । 

हिमाली भेगको जडीबुटी खाने भेडा च्याङ्ग्राको मासु स्वादिलो र स्वस्थकर हुने भएकाले पोखरा र आसपासका क्षेत्रमा च्याङ्ग्राको माग उच्च हुने गर्दछ । बडा दशैँ तथा तिहारमा पोखरा लगायतका आसपासका क्षेत्रहरूमा च्याङ्ग्रा तथा भेडाको विक्री वितरण हुने गरेको छ । 

पोखरामा मुस्ताङका साथै छिमेकी राष्ट्र चीनबाट पनि भेडा तथा च्याङ्ग्रा ल्याउने गरिन्छ । मुस्ताङका वारागुङ मुक्तिक्षेत्र, ल्होघेकर दामोदर कुण्ड, ल्होमन्थाङ गाउँपालिकामा च्याङ्ग्रा तथा भेडाको व्यावसायिक पालन हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button