तपाईँ सुन्दै हुनुहुन्छः

कालीमाटी फलफूल तथा तरकारी विकास समितिको अध्यक्षमा पराजुली

काठमाडौँ । सरकारले कालीमाटी फलफूल तथा तरकारी विकास समितिको अध्यक्ष पदमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुलीलाई तोक्ने निर्णय गरेको छ । 

यस्तै, सरकारले राष्ट्रिय भूमि आयोगको सदस्यहरु पश्चिम नवलपरासीका सुदर्शन खरवारलाई नवलपरासी पश्चिमको भूमि आयोगको जिल्ला समितिको विज्ञ सदस्य पदमा नियुक्त गरेको छ भने कास्कीका सोमबहादुर नेपालीलाई कास्की जिल्लाको जिल्ला समितिको विज्ञ सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।

भदौ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले सार्वजनिक संस्थान सुझाव समिति गठन अवधारणा पत्र २०७९ लाई स्वीकृत गरेको र संस्थान सुझाव सम्बन्धी समिति गठन गर्ने निर्णय गरेको बताउनुभयो । 

यस्तै, मन्त्रिपरिषद् बैठकले इन्टरपोलको ९० औँ महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक धिरजप्रताव सिंहलाई स्वीकृति दिने निर्णय गरेको छ । 

इन्टरपोलको महासभा आगामी कार्तिक १ गतेदेखि ४ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुनेछ । 

पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्याल, सहसचिव उत्तरकुमार खत्री, मन्त्रालय अन्तर्गत विभिन्न निकायका उच्च अधिकारीहरूको समेत सहभागिता रहेको थियो । 

मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक(भिडियो ):

प्रतिक्रिया राख्नुहोस्

Back to top button