तपाईँ सुन्दै हुनुहुन्छः

करिब २० रोपनी सार्वजनिक जग्गामा पुस्तकालय, पार्क र खेल मैदान बन्दै

काठमाडौँ । भीमसेन नगर टोल सुधार समाज र भीमसेन नगर समाजको अग्रसरतामा बुढानीलकण्ठ नगरपालिका वडा नंं २ भीमसेन टोलमा रहेको करिब २० रोपनी सार्वजनिक जग्गा स्थानीय तहले पुस्तकालय, पार्क र खेलमैदान बनाउने भएको छ । 

अनधिकृत रुपमा प्रयोग भइरहेको सो जग्गा भूमाफियाले दुरुपयोग नगरुन् भन्ने उद्देश्यले वडा कार्यालयले आफ्नो अधिनमा लिई जनहितको लागि प्रयोगमा ल्याउन लागेको हो । 

बुढानीलकण्ठ नगरपालिका वडा नं. २ का अध्यक्ष राजेन्द्र श्रेष्ठ र वडा सदस्य विनोद लामिछानेको अग्रसरतामा आज जग्गाको नाप जाँच गरी खेल मैदान र पार्कको शिलान्यास समेत गरिएको छ ।

यस्तै वडा कार्यालयले आजदेखि आफ्नो मातहत पर्ने सार्वजनिक जग्गाको खोजी गरी आपत्कालीन आश्रय स्थलका रुपमा विकास गर्ने अभियान समेत सुरु भएको वडा सदस्य विनोद लामिछानेले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button