कवाडी सङ्कलन केन्द्रलाई शहर बाहिर सार्न पोखरा महानगरको ३५ दिने अल्टिमेटम
कास्की । डेंगु फैलाउन सहयोगी देखिएको भन्दै पोखरा महानगरपालिकाले कवाडी सङ्कलन केन्द्रहरूलाई मुख्य सहरी आवास क्षेत्रभन्दा ५ सय मिटर बाहिर सार्न ३५ दिने अल्टिमेटम दिएको छ ।
महानगरले शुक्रबार जारी गरेको सूचनाअनुसार डेंगुलगायत अन्य महामारी फैलन कवाडी सङ्कलन केन्द्रहरू कारक रहेको महानगरको ठहर छ ।
यसअघि कवाडी सङ्कलन गर्ने व्यवसायी र त्यस्ता केन्द्र सञ्चालन गर्न दिने जग्गाधनीका बीचमा जे जस्तो सम्झौता भएको भएपनि जारी सूचनाअनुसार संशोधन गर्नुपर्ने महानगरले जनाएको छ ।
जारी सूचना अनुसार सम्झौताको म्याद कायम रहेकै भएपनी कवाडी सङ्कलन केन्द्रले हस्तान्तरित हुनुपर्नेछ । त्यस्ता व्यवसायलाई मुख्य आवासीय क्षेत्रबाट हटाउन महानगरले जग्गाधनी समक्ष पनि अनुरोध गरेको छ ।
त्यस्तो नगरेको अवस्थामा कवाडी सङ्कलन केन्द्र सञ्चालक र जग्गाधनी दुबैलाई कारबाही हुने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया राख्नुहोस्