तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा एकै दिन ९८ जनामा डेंगु संक्रमण पुष्टि 

मकवानपुर । मकवानपुरमा आज ९८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आज एकै दिन जिल्लामा ९८ जनामा डेंगु पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा हेटौँडा उपमहानगरपालिकाका ९४ जना रहेका छन् । 

यस्तै मकवानपुरगढी गाउँपालिका, बागमती गाउँपालिका, कैलाश गाउँपालिका र मनहरी गाउँपालिकाका एक–एक जनामा संक्रमण पुष्टि भएको छ । 

योसँगै जिल्लामा डेंगु पुष्टि हुनेको कुल सङ्ख्या १ हजार ४२९ जना पुगेको छ । हालसम्म डेंगु सङ्क्रमणबाट एक जनाको ज्यान गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button