तपाईँ सुन्दै हुनुहुन्छः

एनआरएनए स्पोर्ट्स एकेडेमीलाई १३ रनले हराउँदै नेपाल पुलिस क्लब फाइनलमा

काठमाडौँ । नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिता दोस्रो सेमिफाइनल खेलमा एनआरएनए स्पोर्ट्स एकेडेमीलाई १३ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ ।

जितको लागि १ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको एनआरएनए स्पोर्ट्स एकेडेमीले निर्धारित ८ ओभरमा ३ विकेट गुमाउँदै ९७ रन बनायो । 

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको पुलिसले निर्धारित ८ ओभरमा ६ विकेट गुमाउँदै १ सय १० रन बनाएको थियो ।

तेस्रो स्थानका लागि शुक्रबार सुदूरपश्चिम प्रदेश र एनआरएनबीच प्रतिस्पर्धा हुनेछ । उपाधिका लागि शुक्रबार नै त्रिभुवन आर्मी क्लब र पुलिसबीच प्रतिस्पर्धा हुनेछ । 

पहिलो सेमिफाइनल भने खेल्न योग्य मैदान नभएपछि आर्मी र सुदूरपश्चिमबीचको खेल रद्द भएको थियो । आर्मी समूह ए को विजेताको रुपमा फाइनलमा पुगेको थियो । समूह चरणमा भने आर्मीले पुलिसलाई १३ रनले हराएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button