तपाईँ सुन्दै हुनुहुन्छः

महाअभियोग सिफारिस समितिले गर्‍यो बारका निवर्तमान पदाधिकारीसँग छलफल

काठमाडौँ । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा नाम लिनुभएका नेपाल बार एसोसिएसनका  निवर्तमान पदाधिकारी र वरिष्ठ अधिवक्ताहरूसँग आज छलफल गरेको छ । 

समितिको आज सिंहदरबारमा बसेको बैठकमा बार एसोसिएसनका निवर्तमान पदाधिकारीसहित सात जना कानून व्यवसायीसँग छलफल गरेको हो ।

बारका निवर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठ, महासचिव लीलामणि पौड्याल, बारका पूर्व अध्यक्षहरू शम्भु थापा र हरिहर दाहाल पूर्व महान्यायाधिवक्ता रमन श्रेष्ठ र अधिवक्ता ओमप्रकाश अर्यालसँग बयान लिएको समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिनुभयो । 

बयानमा नेपाल बारका निवर्तमान पदाधिकारी र वरिष्ठ अधिवक्ताहरूले निलम्बित प्रधानन्यायाधीश जबराले मुद्दाको फैसलामा पैसाको लेनदेन गरेको आरोप लगाउनुभयो  । 

समितिले सर्वोच्च अदालतका न्यायाधीश र पूर्व प्रधानन्यायाधीशलाई पनि बयानका लागि बोलाएकामा उहाँहरूले भने बैठकमा उपस्थित हुन इन्कार गर्नुभएको छ । 

समितिको बैठक जारी छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button