तपाईँ सुन्दै हुनुहुन्छः

१ सय २६ जनामा कोरोना सङ्क्रमण पुष्टि

File Photo

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १ सय २६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।   

पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९० जनाको नमूना परीक्षण गरिएको थियो । १ हजार ६ सय ७४ जनाको पिसिआर र २ हजार १ सय १६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो चौबिस घण्टामा १ सय ३७ जना कोरोनाबाट मुक्त भएका छन् । योसँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या ९ लाख ८४ हजार ९ सय ७७ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

हाल सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार १ सय २९ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १५ पुगेको छ । हाल होम आइसोलेशनमा २ हजार ६२, संस्थागत आइसोलेशनमा ६७ र आइसियुमा १८ सङ्क्रमित रहेका छन् । 

हाल देशभरमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ र २ सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा ललितपुर रहेको छ । शून्य सङ्क्रमित रहेका जिल्लामा ताप्लेजुङ, मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, मुगु, जुम्ला, बझाङ र दार्चुला छन् । उपत्यकाका ३ जिल्लामध्ये हाल काठमाडौँमा ८ सय ३१, ललितपुरमा ३ सय ५७ र भक्तपुरमा ३१ सक्रिय सङ्क्रमित छन् । कूल सङ्क्रमण दर १६ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button