तपाईँ सुन्दै हुनुहुन्छः

सरकार समृद्धि र विकासलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको छ : मन्त्री राई

नेपालगञ्ज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले पूर्वाधार विकासले मुलुकमा गति लिएको बताउनुभएको छ । 

बाँकेको डुडुवास्थित डुडुवा नालामा बन्ने पक्की पुलको आज शिलान्यास गर्दै मन्त्री राईले वर्तमान सरकार समृद्धि र विकासलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको बताउनुभयो । उहाँले सत्ता गठबन्धन निर्वाचनपछि पनि कायमै रहने बताउनुभयो । 

मुलुकलाई स्थिर सरकार दिन सत्तारुढ गठबन्धनबीच आगामी निर्वाचनमा चुनावी गठबन्धन पनि गरेर जाने सहमति बनेको बताउँदै मन्त्री राईले सत्ता गठबन्धनले बहुमत हासिल गर्ने दाबी समेत गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button