तपाईँ सुन्दै हुनुहुन्छः

अपाङ्ग मैत्री संरचना नभएकोमा सांसदहरूको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय वाल दिवसका अवसरमा संसद् सचिवालयले आज सिंहदरबारमा आयोजना गरेको बालबालिकासँग सांसद कार्यक्रममा विद्यार्थीहरूले सामुदायिक विद्यालयमा पढाइको स्तर कम भएको निःशुल्क शिक्षा भने पनि कतिपयमा शुल्क लिने गरेको, बहिरा र अपाङ्गता भएकाहरूलाई अपाङ्ग मैत्री संरचना नभएकोमा सांसदहरूको ध्यानाकर्षण गर्नुभयो ।

कार्यक्रममा सांसदहरु लक्ष्मणलाल कर्ण, योगेश भट्टराई, रामकुमारी झाँक्री र रेखा शर्माले बालबालिकाले उठाएका जिज्ञासाको जवाफ दिनुभयो ।

सांसदहरुले बालबालिकाको हक अधिकारका विषयलाई संविधानले नै ज्ञारेन्टि गरे पनि कार्यान्वयनमा समस्या रहेकाले यसको प्रभावकारी अनुगमन गरिने बताउनुभयो ।

बालबालिकाले उठाउनु भएका महत्त्वपूर्ण विषयहरूलाई आगामी निर्वाचनको घोषणा पत्रमा समावेश गरिने सांसदहरुले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विद्यार्थीहरूलाई संसद् र संसदीय प्रक्रियाका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रममा आयोजना गरिएको संसद् सचिवालयका सहसचिव वविता मिश्रले जानकारी दिनुभयो ।

संसद् सचिवालय र युनिसेफ नेपालले आयोजना गरेको वाल अधिकारसँग सांसद कार्यक्रममा काठमाडौँ उपत्यका सहित विराटनगर र कैलालीका विभिन्न विद्यालयका विद्यार्थीको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button