तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारीसँग चिनियाँ राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष लीको शिष्टाचार भेट

काठमाडौँ । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शितल निवासमा आज अपराह्न भएको भेटमा राष्ट्रपति भण्डारीले चिनियाँ नेता लीको नेपाल भ्रमणप्रति खुसी व्यक्त गर्नुभएको छ ।

भेटमा अध्यक्ष लीले सभामुख अग्निप्रसाद सापकोटाको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा रहँदा पाएको सद्भाव, आत्मीयता र सम्मानप्रति आभार व्यक्त गर्नुभयो । उहाँले नेपाल, चीनको लामो समयदेखिकै असल छिमेकी रहेको बताउनुभयो । 

राष्ट्रपति भण्डारी र अध्यक्ष ली बीच आपसी हित, मित्रता र सहकार्यलगायत नेपाल –चीन सम्बन्धको बहुआयामिक पक्षमा छलफल भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button