तपाईँ सुन्दै हुनुहुन्छः

बाल दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना

वीरगञ्ज । आज राष्ट्रिय बाल दिवस, वीरगञ्जमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । दिवसको यस वर्षको नारा बालमैत्री समाजको आधार: जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने रहेको छ ।

सो अवसरमा वीरगञ्ज महानगरपालिकाले घण्टाघरमा र्‍याली तथा सभाको आयोजना गरेको छ ।

कार्यक्रममा नगर प्रमुख राजेशमान सिंहले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि हरेक घर परिवार तथा समुदाय, स्वास्थ्य सेवा तथा विद्यालय बालमैत्री हुन जरुरी रहेको बताउनुभयो ।

यसैगरी वीरगञ्ज स्थित ज्ञान ज्योति उच्च माविले समेत विभिन्न कार्यक्रमको आयोजना गरी बाल दिवस मनाएको छ ।

त्यस्तै, पोखरिया नगरपालिकामा रहेको सामुदायिक विद्यालयहरूमा वक्तृत्वकलाको आयोजना गरिएको छ । ६ वटा विद्यालयका छात्रछात्राहरूको उपस्थिति रहेको सो प्रतियोगिता पोखरिया नगरपालिकाकी उपप्रमुख रुवी कुमारी ठाकुरको सभापतित्वमा सम्पन्न भएको थियो ।

वक्तृत्वकलामा नेपाल राष्ट्रिय आधारभूत विद्यालय सतवरियाकी छात्रा आरफा खातुन प्रथम भएकी छिन भने नेपाल राष्ट्रिय आधारभूत विद्यालय जगतपुरका छात्र देवशँकर साह गोढ दोस्रो तथा नेपाल राष्ट्रिय आधारभूत विद्यालय सतवरियाकी छात्रा निशा कुमारी राम तेस्रो भएकी छिन ।

विजयी छात्रछात्रालाई पोखरीया नगरपालिकाका प्रमुख प्रद्युम्न चौहानले पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button