पोखरा उद्योग वाणिज्य सङ्घको नवनिर्वाचित टोली सम्मानित
पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घको नवनिर्वाचित टोलीलाई मङ्गलवार लेखनाथ उद्योग वाणिज्य सङ्घले स्वागत तथा सम्मान गरेको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घको हालै सम्पन्न ३४ औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष पवन कुमार प्रजापतिसहित सम्पुर्ण टिमलाई लेखनाथ उद्योग वाणिज्य सङ्घले स्वागत गरी सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष प्रजापतिले कास्कीमा रहेका दुई उद्योग वाणिज्य संघ आपसमा मिलेर व्यवसायीहरूको हकहित र प्रवर्द्धनका लागी साझा एजेन्डा बनाएर अगाडी बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले दुई संघ बिचको भातृत्व र भाइचाराको सम्बन्धलाई अझ एकताबद्ध बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
संघका अध्यक्ष छत्रधर आत्रेयको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव उपेन्द्रराज सुवेदी (राजु) र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठले गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्