प्रधानमन्त्री देउवा र ली चान्सुबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालको चार दिवसीय औपचारिक भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकाँग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्सुबीच भेटवार्ता भएको छ ।
उहाँहरुबीच प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो ।
भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यक्ष ली मार्फत् चिनियाँ राष्ट्रपति र प्रधानमन्त्री प्रति हार्दिकता प्रकट गर्नभयो ।
प्रधानमन्त्री देउवाले चीनको सिचुआन प्रान्तमा केही दिनअघि गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेहरूप्रति समवेदना प्रकट गर्नुभयो ।
त्यसैगरी, भेटमा प्रधानमन्त्री देउवाले नेपाल र चीनबीच रहेको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।
जवाफमा अध्यक्ष लीले प्रधानमन्त्री देउवाले सिचुआनमा गएको भूकम्पमा ज्यान गुमाउनेहरूप्रति देखाएको समवेदनाले चीन र नेपालबिच रहेको आत्मीय सम्बन्ध दर्शाउने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्