निलम्बित प्रधानन्यायाधीश जबराको बयान सकियो

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरासँग बयान लिने क्रम सम्पन्न गरेको छ ।
समितिको आज संसद् सचिवालय सिंहदरबारमा बसेको बैठकमा निलम्बित प्रधानन्यायाधीश जबराले समितिले तयार पारेको ४३ मध्ये आज बाँकी ८ प्रश्नको जवाफ दिनुभएपछि बयान दिने क्रम सकिएको हो ।
बयानका क्रममा उहाँले आफ्नो बचाउ गर्नुभएको समितिका सदस्य एवं काँग्रेस सचेतक मीन विश्वकर्माले जानकारी दिनुभयो ।
बयानमा जबराले नाम लिनुभएकाहरुसँग पनि समितिले छलफल गर्ने तयारी गरेको छ ।
साथै नेपाल बार एसोसिएसनका पूर्वपदाधिकारी, पूर्वन्यायाधीश, बहालवाला न्यायाधीशलगायतलाई बोलाउने समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्