परराष्ट्रमन्त्री खड्का र लीबीच शिष्टाचार भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का र नेपालको औपचारिक भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच होटल सोल्टीमा शिष्टाचार भेट भएको छ ।
भेटका क्रममा परराष्ट्रमन्त्री डा. खड्काले अध्यक्ष लीको भ्रमणप्रति खुशी व्यक्त गर्नु भएको थियो । उहाँले नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध राम्रो भएको र आगामी दिनमा पनि द्विपक्षीय सहयोग, सम्बन्ध र सहकार्य थप बढ्ने बताउनुभयो ।
भेटमा अध्यक्ष लीले चिनिया राष्ट्रिय कंग्रेसको स्थायी समितिको अध्यक्षको हैसियतले पहिलो पटक नै नेपाल भ्रमण गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्