तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पा प्रहरीद्धारा फरार रहेका लागुऔषध अभियुक्त पक्राउ

रोल्पा । रोल्पा प्रहरीले लागुऔषध चरेश मुद्दामा फरार रहेका एक जना व्यक्तिलाई पक्राउ गरेको छ  ।

रोल्पा जिल्ला अदालतबाट मिति २०७६ फागुन २९ गते  फैसला भई १ वर्ष ६ महिना कैद र १५ हजार जरिवाना ठहर भएकोले हालसम्म फरार रहेका रोल्पाको थवाङ गाउँपालिका वडा नं. २ घर भई दाङको घोराही उप–महानगरपालिका वडा नं. १४ पुरानो बसपार्क बस्दै आएका ४० वर्षीय  किशोर बुढामगरलाई लामो समयपछि प्रहरीले पक्राउ गरेको छ ।

लुकीछिपी बस्दै आएका बुढामगर करिब २ वर्ष ५ महिना २७ दिनमा पक्राउ परेका हुन् यही भदौ २७ गते प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनको लागी रोल्पा जिल्ला अदालतमा पेश गरेको थियो । 

जिल्ला अदालत रोल्पाले तोकिएको कैद भुक्तानी गर्नको लागि जिल्ला कारागार कार्यालयमा चलान गरी चथुनामा राख्न आदेश दिएकोले लागुऔषध अभियुक्त किशोर बुढामगरलाई थुनामा राखिएको रोल्पा प्रहरी प्रमुख विनोद घिमिरेले जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button