तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा भीगन महोत्सव हुने

कास्की । पोखरामा हिमालयन भीगन महोत्सव हुने भएको छ । असोज २ देखि ४ गतेसम्म पोखराको होटल ग्राण्डमा महोत्सव आयोजना गर्न लागिएको आयोजक वर्ल्ड भीगन अर्गनाइजेसन नेपालले जनाएको छ ।

महोत्सव पोखरासहित काठमाडौँ र लुम्बिनीमा समेत आयोजना गरिने छ । दक्षिण एसियामै पहिलो पटक भिगनिज्मबारे महोत्सव राखिएको आयोजकको दाबी छ ।

वर्ल्ड भीगन अर्गनाइजेसन नेपालका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले भीगन खाना र भीगन जीवनशैलीको प्रचारका लागि महोत्सव आयोजना गरिएको बताउनुभयो ।

महोत्सवमा १ सय बढी अन्तर्राष्ट्रिय वक्ताहरूको प्रवचन रहेको आयोजकले जनाएको छ । महोत्सवमा ७५ बढी सूचनामूलक प्रदर्शनी, भीगन च्यालेन्ज, भीगन खाना बनाउने कार्यशाला, राष्ट्रिय अन्तर्राष्ट्रिय सेफद्वारा पाक शिक्षा प्रदर्शनी, चलचित्र प्रदर्शनी, जनावर अधिकारसम्बन्धी शिक्षा, भीगन लघु चलचित्र प्रतियोगिता समेत राखिने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button