राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूत द्वय घिमिरे र पौडेलद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त म्यानमारका राजदूत हरिश्चन्द्र घिमिरे र मलेसियाका राजदूत डिल्लीराज पौडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय, महाराजगञ्जमा आज आयोजित एक समारोहका बीच राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूत घिमिरे र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
शपथ ग्रहणका अवसरमा परराष्ट्र मन्त्री डा. नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्