भारत हिँडेका सल्यानका डाँगी एक वर्षदेखि बेपत्ता

सल्यान।वैदेशिक रोजगारको लागि भन्दै भारत हिँडेका सल्यानका एक जना विगत एक वर्ष देखि बेपत्ता भएका छन् । जिल्लाको बागचौर नगरपालिका ९ पोखरीका ५१ वर्षीय कलसिङ डाँगी एक वर्षदेखि बेपत्ता भएका हुन ।
२०७८ साउन ८ गते भारत जान्छु भनी घरबाट हिँडेको दिनदेखि नै परिवार र आफन्तको सम्पर्कमा नआएको छोरा धनसिङ डाँगीले बताउनुभयो । उहाँले भन्नु भयो घरबाट गएपछि भारत पुग्नु भयो भएन कसैलाई पनि थाहा छैन । घरबाट हिँडेको दिनदेखि सम्पर्क हुन सकेको छैन । कलसिङ यसअघि जाने गरेका भारतका विभिन्न ठाउँमा समेत खोजिकार्य गर्दा समेत फेला पार्न नसकेको छोरा धनसिङले बताउनुभयो ।
यसअघि धेरै पटक भारत जाने आउने सहजै रुपमा गरेका कलसिङ गत वर्ष भने घर छोडे लगत्तै सम्पर्क बिहिन हुनुभएको हो ।
प्रतिक्रिया राख्नुहोस्