तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा पहिलो पटक पशुहरूमा कृत्रिम गर्भाधान गर्न सुरु

भोजपुर । भोजपुर नगरपालिकाले पहिलो पटक पशुहरूमा कृत्रिम गर्भाधान गर्न सुरु गरेको छ । 

यस वर्षदेखि नगरपालिका भित्रका गाई भैँसीलाई कृत्रिम गर्भाधान गर्न सुरु गरिएको हो  । 

नगरपालिकाले पशुको नश्ल सुधार गरेर मासु तथा दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले पहिलो पटक कृत्रिम गर्भाधानको सुरुवात गरेको भोजपुर नगरपालिका भेटेनरी शाखाका प्रमुख सन्तोष कटुवालले जानकारी दिनुभयो ।

पशुहरूको वंशाणु विकास गरेर पशुपालक किसानलाई थप लाभान्वित बनाउन नगरपालिकाको अनुदान सहयोगमा कृत्रिम गर्भाधान विधिबाट आजदेखि निःशुल्क गाईभैँसी कृत्रिम गर्भाधान गर्न सुरु गरिएको प्रमुख कटुवालले बताउनुभयो । 

नगरपालिकालेले कृत्रिम गर्भाधानका लागि पशु सेवा कार्यालयमा पशुहरू लिएर आउने किसानका गाई भैँसीलाई शुल्कविना नै एआई गरिदिने गरेको छ भने किसानकै गोठमा पुगेर कृत्रिम गर्भाधान (एआई) गर्दा प्राविधिकले पेट्रोल शुल्क मात्र लिने गरेको नगरपालिकाले जनाएको छ ।

जिल्लाका अन्य आठ वटा स्थानीय तहमा पनि यसै वर्षदेखि एआई सञ्चालन गरिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सम्पर्क कार्यालय भोजपुरका प्रमुख सुन्दरलाल यादवले बताउनुभयो । 

तरल नाइट्रोजन १९६ डिग्री सेल्सियसको चिसो पनमा राँगा,साँढेको बीउलाई लामो समयसम्म सुरक्षित राख्ने हुँदा गाई भैँसीमा कृत्रिम गर्भाधान दिँदा उत्पादन वृद्धि र विकास हुने भएकाले एआई सञ्चालन गर्दा उन्नत जातका पशु उत्पादन हुने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सङ्खुवासभा÷भोजपुरका प्रमुख हिमालयन पोखरेलले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button