तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटमा सहुलियत कर्जा लागू गर्न वाणिज्य बैङ्क सहमत

जाजरकोट । यहाँका स्थानीय तहमा सहुलियत कर्जा प्रवाह गर्न जिल्लामा रहेका वाणिज्य बैङ्कका शाखा सहमत भएका छन् ।

जिल्लाका सातै पालिकामा रहेका बैङ्कमार्फत सहुलियत कर्जा कार्यक्रम लागू गरी स्थानीय बासिन्दालाई आयआर्जनमा सघाउन पहल गरिएको पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले बताउनुभयो ।

जाजरकोटमा हालसम्म राष्ट्रिय वाणिज्य बैङ्कहरूले सहुलियत कर्जा कार्यक्रम लागू गरेका छैनन् । राष्ट्रिय वाणिज्य बैङ्कको केन्द्रीय कार्यालयमा भएको छलफलपछि प्रदेश स्तरका प्रमुखको छलफल गरी जिल्लामा पालिका प्रमुखसँगको अन्तरक्रिया समेत गरिएको छ । निजी तथा सरकारीस्तरको बैंकले जाजरकोटका सबै पालिकामा सहुलियत कर्जा लागू गर्नका लागि वित्तीय साक्षरता तथा सहुलियत कर्जासम्बन्धी नीतिगत छलफल समेत सम्पन्न भएको छ ।

छलफलमा प्रदेशसभा सदस्य गणेशप्रसाद सिंह, नलगाड नगरपालिकाका प्रमुख डम्बर रावत, छेडागाडका नगरप्रमुख रत्न खड्का, बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरी, कुशे गाउँपालिकालिकाकी उपाध्यक्ष देविका सिंह, भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, शिवालयका उपाध्यक्ष गीता शाही, जुनीचाँदेका उपाध्यक्ष वीरेन्द्र शाही, प्रमुख जिल्ला अधिकारी रामबहादुर शाही, एनआइसी एसिया बैङ्कमा कर्णाली प्रमुख राजनप्रसाद पोखरेल, राष्ट्रिय वाणिज्य बैङ्कका कर्णाली प्रमुख शिवप्रसाद चालिसे, कृषि विकास बैङ्कका कर्णाली प्रमुख खुर्सेद अहमत, ग्लोबल बैङ्कमा विष्णु अर्याल, सिभिल बैङ्कका दीपक जोशी र लक्ष्मी बैङ्कका शैलेन्द्रराज पाण्डेको सहभागिता थियो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button